किरण श्रेष्ठ, तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर-१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको १० मिटर सडक भासिएको बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
त्यस्तै तनहुँको बन्दीपुर-५ बिमलनगर, म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए । ‘सडक भासिएको रैछ, मा पनि यहीं छु ।’ प्रजिअ अधिकारीले भने ‘अस्थायी मर्मतको कार्य हुँदैछ ।’ उनले थपे नाहालाको यो समस्या १ घण्टा भित्र समाधान हुन्छ ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । राजमार्ग अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’