किरण श्रेष्ठ, तनहुँ । बिहानदेखि अवरुद्ध रहेको तनहुँको नाहालामा डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित नाहालामा सडक भाँसिएर बाटो भत्केपछि डाईभर्सन बनाई अहिले दिउँसो ३ बजेबाट बाटो खुलाइएको हो ।
जेसिबी लगाएर डाईभर्सन निर्माण गरेपछि एकतर्फी बाटो खुलाइएको बन्दिपुर १ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । सोमबार रातिदेखि परेको पानिले सडक तल खोल्न थालेपछि राजमार्ग भासिएर अवरुद्ध बनेको थियो ।
सडक छेउबाट खनेर कामचलाउ डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
सडकको वारपार नै करिब १० मिटर आज बिहान भासिएर सडक अवरुद्ध बनेको थियो ।

त्यस्तै तनहुँको बन्दीपुर-५ बिमलनगर, याम्पा, आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
ती स्थानका गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको प्रजिअ अधिकारीले बताए । उनले भने ‘अबको २ घण्टामा पृथ्वी राजमार्गमा पर्ने तनहुँका पहिरो हटाउने गरी जेसिबीले काम गरिरहेको छ ।’
तनहुँको व्यास-३ स्थति मादी नदि नजिकको पहिरो र म्याग्दे गाउँपालिका–१ गुणादीको पहिरो हटाइसकिएको प्रजिअ अधिकारीलले जानकारी दिए ।
जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ठाउँ-ठाउँमा सवारी साधन रोकिएका छन् ।
यो पनि…
सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला