गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
१० वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबाट सुरु ‘साझा सवाल’ विराटनगरमै लालबाबु पण्डितसँगको बहससँगै बन्द । यस्तो रह्यो अन्तिम साझा सवाल (हेर्नुहोस् भिडियो)
१० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै छायाँकन गरी सकिएको छ । बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको हो।
पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो। छायाँकन पनि ठ्याक्कै १० वर्ष पछि २०७४ माघ २ गते नै भयो । हेर्नुहोस् अन्तिम कार्यक्रममा सहभागी लोकप्रिय नेता लालबाबु पण्डित लगायतले के भने ?
Sajha Sawal । साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ?
कार्यक्रमले ‘एक फन्को पूरा गरेको’ भन्दै साझा सवालले ट्विट गरेको छ।
Sajha Sawal ✔ @BBCSajhaSawal प्रश्न बोकेका नागरिक समक्ष जवाफदेहि अधिकारी उपस्थित गराउने साझा सवाल कार्यक्रमले अहिलेलाई विश्राम लिएको छ। यो श्रृङ्खलाको अन्तिम कार्यक्रम विराटनगरबाट। असी सहभागीका साथ लालबाबु पण्डित,मिनेन्द्र रिजाल र पहिलो साझा सवालमा पहिलो प्रश्न सोध्ने रेजिना निरौला
Sajha Sawal ✔ @BBCSajhaSawal दश वर्षमा देशका राजनीतिक मुद्दा के कति संवोधन भए? नागरिक अपेक्षा के कति पुरा भए? साझा सवालको पहिलो कार्यक्रमका सहभागीको जीवनमा के कस्तो फेरबदल आयो? साझा सवालको अन्तिम कार्यक्रम विराटनगरबाटै
Sajha Sawal ✔ @BBCSajhaSawal विराटनगरमा पहिलो बहस रेकर्ड गरेर शुरु गरेको साझा सवालको अन्तिम कार्यक्रम पनि विराटनगरमै रेकर्ड गरेपछि कार्यक्रमले एक फन्को पुरा गरेको छ।
यस्तो थियो साझा सवालको पहिलो खंक तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ।
कार्यक्रम ‘अहिलेलाई बन्द भएको’ भन्ने साझा सवालको ट्विटले कार्यक्रम भविष्यमा पुनः सञ्चालनमा आउने हो कि भन्ने भ्रम पनि दिएको छ। रेडियो र टेलिभिजनबाट प्रशारण हुने ‘साझा सवाल’ बाट प्रस्तोता विद्या चापागाईँले ५२६ औँ अंकदेखि बिदा लिएकी थिइन्। उनी अहिले हेर्ने कथा नामको नयाँ मिडिया प्रोजेक्टको तयारीमा छन्।
पछिल्लो पटक गीता ढुंगानाले कार्यक्रम सञ्चालन गरेकी थिईन् । पहिला प्रस्तोता नारायण श्रेष्ठ र उनीपछि विद्या चापागाईँलाई साझा सवालमा हेरेका दर्शकले पछिल्ला कार्यक्रमका बारेमा पनि प्रतिक्रिया दिएका छन्।
साझा सवाल कार्यक्रममा हाल १० जनाको उत्पादन समूह थियो। साझा सवाल बन्द भएकोमा ट्विटरमा कतिपयले आश्चर्य व्यक्त गरेका छन्। कार्यक्रम बन्द हुनुलाई सामान्य मान्नेसँगै कार्यक्रम पुनः सुरु गर्न सुझाउनेहरू पनि छन्।
कार्यक्रम के कारण बन्द गरिएको हो भन्नेबारे बीबीसी मिडिया एक्सनले केही खुलाएको छैन। तर सोसल मिडियामा कतिपयले कार्यक्रम उत्पादनका लागि बजेट उपलब्ध नभएर बन्द भएको शंका गरेका छन्।
साझा सवालको छायाँकन यसरी हुने गर्दथ्यो ।
मिडिया कुराकानी
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?