काठमाडौं, १५ माघ । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको कहालीलाग्दो बलात्कारको चार दिनपछि खुलासा भएको छ ।
आफ्नो प्रेमीसँग बस्न ल्याण्डमार्क होटलमा पुगेकी एक युवती प्रेमी र उनका साथीको ‘ग्याङ रेप’को शिकार भएकी हुन् । घटना बिहीबार रातिको हो । तर, प्रहरीले यसलाई गुपचाप राख्दै आएको थियो । प्रहरीकै मिलेमतो देखिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धानका लागि सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना छताछुल्ल भएको हो । छानबिन समितिमा डिएसपीहरु बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् ।
प्रहरी स्रोतका अनुसार, आफ्नो प्रेमीसँग ल्याण्डमार्क होटलमा गएको बिहीबार बास बसेकी ती युवतीलाई राति आएका प्रेमीका तीन जना साथीले सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि शुक्रबार बिहान ८ बजेतिर उनीहरुले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन ड्राइभरलाई पाँच सय रुपैँया दिएका थिए । तर, युवतीले रुवाबासी गर्दै आफू बलात्कृत भएकोले ‘घर होइन्, प्रहरी चौकी जाने’ भनेपछि ड्राइभरले कमलपोखरी प्रहरी चौकीमा पुर्याएका थिए ।
घटनास्थल दरबारमार्ग प्रहरीको क्षेत्रमा पर्ने भन्दै कमलपोखरी प्रहरी वृत्तले युवतीलाई दरबारमार्ग पठाएको थियो । दरबारमार्ग प्रहरीले होटलमा पुगी घटनाको बारेमा जानकारी पनि लियो । तर, पीडकलाई कारबाही गर्नुको सट्टा उल्टै मिलाउन लागेको तथ्य फेला परेपछि प्रहरी हेडक्वार्टरले एक्शन लिएको हो ।
बलात्कारमा संलग्न एक युवकको पहुँचको भरमा दरबारमार्ग प्रहरीले घटनालाई गुपचुप राखेको, युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा थामथुम पारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर, घटना मिलाउँदा प्रहरीलाई पनि राम्रै लेनदेन भएको हुनसक्ने आशंका गरिएको छ ।
छानबिन समितिले दरबारमार्ग जस्तो ठाउँमा भएको जघन्य अपराधलाई लुकाउनुको कारण बारे पनि अनुसन्धान गर्ने भएको छ । यो घटना लुकाउन ल्याण्डमार्क होटलले समेत सहयोग गरेको प्रहरीको अनुमान छ ।
दैनिक नेपालबाट
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै