काठमाडौं – आफू डिभी परेर अमेरिका गएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले बाग्लुङको काठेगाँउपालिका वडा नं. २ घर भई भक्तपुरस्थित रोजभिलेज कोलोनीमा बस्दै आएका २ युवतीलाई प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार प्रकाउ पर्नेमा २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । प्रहरीले यी दुईले पटक–पटक गरी ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको जनाएको छ ।
प्रहरीले दुवैलाई ९ असारमा बुटवलबाट पक्राउ गरी ठगी मुद्दामा महानगरीय प्रहरी वृत्त ठिमी पठाएको छ ।
प्रहरीका अनुसार युवतीहरूले सामाजिक सञ्जालमा पीडितलाई फलो गरिरहने, फ्रेन्ड रिक्वेस्ट पठाउने र फ्यान भएको भन्दै एसेप्ट गर्न बाध्य पार्ने गरेका थिए ।
पक्राउ परेकी कोपिला शर्माले आफूलाई अमेरिकाको डिभी परेको र हाल लकडाउनका कारण नेपालमा बस्दै आएको बताउने गरेकी थिइन् ।
साथै कोपिला शर्माले बुबाको समेत फेक खाता बनाई ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र सो सञ्चालन गर्न पैसाको आवश्यकता परेको र पीडितलाई पार्टनर बनाउने भनी पटक–पटक गरी रु। ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो