पोखरा फूलबारी स्थित मनिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । अस्पतालमा MD 1st Yr पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको बुझिएको छ ।
सोमबार पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २९ वर्षीय पुरुष मनिपालका डाक्टर रहेको स्रोतले जनाएको छ । सामान्य ज्वरो देखिएपछि उनलाई पीसीआर परिक्षणका लागि आइतबार स्वाब लिइएको थियो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना पोजिटिभ देखियो ।
जाँच्दै थिए बिरामी
मनिपालमा कार्यरत एक कर्मचारीका अनुसार उनलाई कोरोनाको आशंका समेत थिएन । त्यसैले आफ्नो कामलाई पनि निरन्तरता दिइरहेका थिए । आइतबारसम्मै उनले मेडिकल वार्डमा ड्युटी जारी राखेका थिए ।
उनको आवास पनि मनिपालमै रहेकाले धेरै जनासम्म कन्ट्याक्ट हुने थिएन तर बिरामी जाँचलाई निरन्तरता दिइरहेकाले उनको माध्यमबाट बिरामी, उनका परिवारसम्म फैलियो कि भन्ने त्रास भने बढाएको छ । अस्पताल प्रशासनले तुरुन्त ति डाक्टरको सम्पर्कमा को-को थिए ? डाटा संकलन गर्नुपर्ने देखिएको छ ।
यसअघि जेठ अन्तिम साता पर्वतमा दुर्घटनामा परेका व्यक्तिलाई कोरोना पुष्टि सोहि अस्पतालमा रहँदा भएको थियो भने गत हप्ता चिनियाँ महिला पनि मनिपालमै पहिले भर्ना गरिएको थियो । ति महिलालाई काठमाण्डौमा रेफर गरेपछि कोरोना पुष्टि भएको थियो र साउन ७ गते ज्यान समेत गयो ।
यी केसहरुले गर्दा अस्पतालमा स्वास्थ्यकर्मी उच्च सतर्कताका बीच काम गरिरहेको अस्पतालको भनाई छ । एक्कासी चिकित्सकलाई समेत कोरोना देखिएपछि भने थप सतर्कता अपनाउनुपर्ने भएको छ । घटनापछि मनिपालको मेडिकल वार्डसँगै ति चिकित्सको आवासीय भवनमा स्यानिटाइज गरिएको ति कर्मचारीले बताए ।
मनिपालको गम्भिर लापरबाहीः संक्रमित गण्डकी लैजाँदा सामान्य बिरामी सरह पठायो
मनिपालबाट काठमाण्डौ लगिएकी चिनियाँ महिलासहित कोरोनाबाट थप २ जनाको मृत्यु
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो