पोखरा फूलबारी स्थित मनिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । अस्पतालमा MD 1st Yr पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको बुझिएको छ ।
सोमबार पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २९ वर्षीय पुरुष मनिपालका डाक्टर रहेको स्रोतले जनाएको छ । सामान्य ज्वरो देखिएपछि उनलाई पीसीआर परिक्षणका लागि आइतबार स्वाब लिइएको थियो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना पोजिटिभ देखियो ।
जाँच्दै थिए बिरामी
मनिपालमा कार्यरत एक कर्मचारीका अनुसार उनलाई कोरोनाको आशंका समेत थिएन । त्यसैले आफ्नो कामलाई पनि निरन्तरता दिइरहेका थिए । आइतबारसम्मै उनले मेडिकल वार्डमा ड्युटी जारी राखेका थिए ।
उनको आवास पनि मनिपालमै रहेकाले धेरै जनासम्म कन्ट्याक्ट हुने थिएन तर बिरामी जाँचलाई निरन्तरता दिइरहेकाले उनको माध्यमबाट बिरामी, उनका परिवारसम्म फैलियो कि भन्ने त्रास भने बढाएको छ । अस्पताल प्रशासनले तुरुन्त ति डाक्टरको सम्पर्कमा को-को थिए ? डाटा संकलन गर्नुपर्ने देखिएको छ ।
यसअघि जेठ अन्तिम साता पर्वतमा दुर्घटनामा परेका व्यक्तिलाई कोरोना पुष्टि सोहि अस्पतालमा रहँदा भएको थियो भने गत हप्ता चिनियाँ महिला पनि मनिपालमै पहिले भर्ना गरिएको थियो । ति महिलालाई काठमाण्डौमा रेफर गरेपछि कोरोना पुष्टि भएको थियो र साउन ७ गते ज्यान समेत गयो ।
यी केसहरुले गर्दा अस्पतालमा स्वास्थ्यकर्मी उच्च सतर्कताका बीच काम गरिरहेको अस्पतालको भनाई छ । एक्कासी चिकित्सकलाई समेत कोरोना देखिएपछि भने थप सतर्कता अपनाउनुपर्ने भएको छ । घटनापछि मनिपालको मेडिकल वार्डसँगै ति चिकित्सको आवासीय भवनमा स्यानिटाइज गरिएको ति कर्मचारीले बताए ।
मनिपालको गम्भिर लापरबाहीः संक्रमित गण्डकी लैजाँदा सामान्य बिरामी सरह पठायो
मनिपालबाट काठमाण्डौ लगिएकी चिनियाँ महिलासहित कोरोनाबाट थप २ जनाको मृत्यु
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’