काठमाण्डौ – सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर कोरोना संक्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ । “अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ”, विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ ।
त्यस्तै विभागले कोरोनाको बन्दाबन्दीमा बाँकी रहेका करिब सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । यस अवधिमा सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको र अब ४०÷४५ हजार लाइसेन्स साउनसम्म सक्ने तयारी गरिएको छ । विभागले बन्दाबन्दीमा प्रिन्ट भएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ ।
विभागले तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी दैनिक पाँच हजार लाइसेन्स प्रिन्ट गरिरहेको छ । प्रिन्ट गर्नुपर्ने लाइसेन्सको चाप चार वर्षदेखि बाँकी रहेपछि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरिएको थियो ।आज प्रकाशित गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ