गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा : जलकुम्भी लगायत झार निकालेर फेवाताल सफा गर्न पोखरा महानगरपालिकाले करोडौँ मूल्य तिरेर मेसिन ल्याएको छ । क्यानडाबाट ल्याएको मेसिन बुधबार तालमा परीक्षण समेत गरिएको छ ।
पोखरा महानगरपालिकाले १ करोड २५ लाख रुपैयाँमा मेसिन पोखरा ल्याएको हो । महानगरपालिका आफैँले ७५ लाख रुपैयाँ खर्च गरेको छ भने ५० लाख सांसद रवीन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट जुटाइएको हो ।
‘प्लान्ट हार्भेस्टिङ’ नाम दिइएको मेसिन बुधबार परीक्षण गरिए पनि २५/२६ गतेतिर बिशेष औपचारिक कार्यक्रम गरेर सुरुवात गरिने भएको छ । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।
फेवातालको जलकुम्भी झार पोखराकै टाउको दुखाइ बनेको थियो । जलकुम्भीले फेवाताल कुरुप बनाउँदै लगेको थियो । महानगरपालिका, एनजीओ, आइएनजीओ लगायत विभिन्न संघसंस्थाले जलकुम्भीका लागि भनेर बर्सेनी लाखौं रुपैयाँ खर्चिन्थे । जलकुम्भी निकाल्नकै लागि भनेर वर्सेनी २० लाखभन्दा बढी खर्च हुने गरेको थियो ।
राजनीतिक दलका नेता तथा जुनसुकै उम्मेदवारको एजेन्डामा फेवातालको जलकुम्भी झार बन्ने गरेको थियो । तर, फेवातालमा जलकुम्भी झार समस्या हट्नुको सट्टा फैलिँदै फेवाताल ढाक्दै गएको थियो । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई डुङगा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने नगरपालिकाले निर्णय भएको थियो ।
तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार (मेशिन) खरिद गरेको उपमेयर मन्जु गुरुङले बताइन् ।
तस्विर: हरि पहारी
भिडियो हेर्नुहोस्
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै