गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए।
उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए।
गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ प्रवक्ता थापाले भने, घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ।
उनले घटनाको अनुसन्धान भइरहेको बताए।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।
सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ, थापाले भने।
(रासस)
सम्बन्धित खबर
बदली र वर्षाको सम्भावना
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग