पर्साको विरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिलाको शुक्रबार राति मृत्यु भए पनि शनिबार मात्र अस्पतालले जानकारी दिएको हो भने अर्की एक महिलाको शनिबार साँझ मृत्यु भएको हो।
वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
‘बयोधा अस्पतालबाट नारायणी कोरोना विशेष अस्पतालमा लैजाने क्रममा शनिबार साँझ थप एक जना महिलाको मृत्यु भयो । उहाँको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज मात्र रिपोर्ट पोजेटिभ आएको हो ।’
यसअघि हिजो मृत्यु भएकी ५० वर्षीय महिलाको पनि मृत्यु पछि मात्रै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन ।
यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
यी दुबै जनाको मृत्यु कोरोनाका कारण भएको अस्पतालले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर