पर्साको विरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिलाको शुक्रबार राति मृत्यु भए पनि शनिबार मात्र अस्पतालले जानकारी दिएको हो भने अर्की एक महिलाको शनिबार साँझ मृत्यु भएको हो।
वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
‘बयोधा अस्पतालबाट नारायणी कोरोना विशेष अस्पतालमा लैजाने क्रममा शनिबार साँझ थप एक जना महिलाको मृत्यु भयो । उहाँको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज मात्र रिपोर्ट पोजेटिभ आएको हो ।’
यसअघि हिजो मृत्यु भएकी ५० वर्षीय महिलाको पनि मृत्यु पछि मात्रै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन ।
यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
यी दुबै जनाको मृत्यु कोरोनाका कारण भएको अस्पतालले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला