पोखरा – पोखराका पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोडबाट झ्यालका सीसा फुटेका र केही कुर्सीमा समेत क्षति पुगेको छ ।
पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् । ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो ।
आंशिक पदमा करिब १४ वर्षदेख कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । हालसम्म क्याम्पस प्रशासनले माग पुरा गर्न चासो नदेखाएपछी उनीहरु आक्रोशित भई तोडफोड गर्न बाध्य हुन ।
अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने भन्दै माग गर्दै आइरहेका थिए ।
उनीहरु अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
- यसबारे क्याम्पस प्रमुख प्रा डा. सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरेका छन् । शिक्षक र प्रमुख कोइरालासँग भएको वार्तामा केन्द्रसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानार्थ आफु उन्मुख भएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो