पोखरा – पोखराका पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोडबाट झ्यालका सीसा फुटेका र केही कुर्सीमा समेत क्षति पुगेको छ ।
पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् । ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो ।
आंशिक पदमा करिब १४ वर्षदेख कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । हालसम्म क्याम्पस प्रशासनले माग पुरा गर्न चासो नदेखाएपछी उनीहरु आक्रोशित भई तोडफोड गर्न बाध्य हुन ।
अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने भन्दै माग गर्दै आइरहेका थिए ।
उनीहरु अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
सम्बन्धित खबर
एमाले नेता अर्जुनलाई मातृशोक
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग