पाेखरा ९ र १७ का ३ जनासहित गण्डकी प्रदेशमा २४ जना थपिए

पाेखरा ९ र १७ का ३ जनासहित गण्डकी प्रदेशमा २४ जना थपिए

Corona update 4

पाेखरा महानगरपालिकाका ३ सहित गण्डकी प्रदेशमा २४ जना काेराेना संक्रमित थपिएका छन् । पाेखरा वडा नं. ९ का १ पुरूष र १ महिला सहित पाेखरा १७ का १ पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे । गण्डकीमा सबैभन्दा बढी स्वाब परिक्षण पनि गरिएकाे छ ।

निर्देशनालयका अनुसार कास्कीका २ पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ