पोखरा महानगरपालिका वडा नं. ५ मा पनि कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा ५ मा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पोखरा २६ मा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । ४० वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ८ जना संक्रमित थप भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण भएको छ । जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन