पोखरामा मंगलबार चार जना सहित गण्डकीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । पोखराका ४ संक्रमित मध्ये २ जना बैंकिङ क्षेत्रमा कार्यरत रहेको खुलासा भएको छ । पोखरामा यसअघि डाक्टर, नर्स, प्रहरी सहित आम सर्वसाधारणमा देखा परिसकेको कोरोना मंगलबार पोखराको एक बैंक र एक सहकारीमा कार्यरत कर्मचारीमा देखिएको हो ।
सिद्धार्थ बैंकको पोखरा ६, लेकसाइड स्थित शाखाका एक ३० वर्षीय पुरुष र पोखरा ५ मालेपाटन स्थित कञ्चन सहकारीका ३८ वर्षीया महिला कर्मचारीमा कोरोना पुष्टि भएको श्रोतले जनाएको छ । उनै महिलाका ११ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि दुवै कार्यालय सिल गरिएको छ । अहिले उनीहरुको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई तिव्रता दिइएको जनाइएको छ । बैंकका कर्मचारी स्वाब दिइसकेपछि पनि बैंक गइरहेका कारण सम्पर्कमा को को रहे ? अफ्ठेरो अवस्था सिर्जना भएको छ । सहकारीकी महिला ज्वरो आएका कारण पोखराको फेवासिटी हस्पिटलमा पुगेकी थिईन् । त्यहींबाट उनको स्वाब संकलन भएको थियो । पोखराको मनिपाल, गण्डकी मडिकल कलेज, फिस्टेल हस्पिटल गैह्रापाटनसँगै फेवासिटी हस्पिटलमा पनि कोरोना संक्रमित पुगिसकेका छन् । यहाँ विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।
पोखरा १७ मा देखिएका ४५ वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको छ । ति महिलाको परिवारमा पुगेर उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो