पोखरा । पोखरामा आजै १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान पोखराका ४ जना संक्रमित थप भएको जनाएको थियो भने साँझ ११ जना थप भएको विज्ञप्ती मार्फत जनाएको छ । यस्तै, मंगलबार पोखराकासहित कूल २५ जना संक्रमित गण्डकी प्रदेशमा थपिएका छन् ।
मंगलबार साँझ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । पोखरा–९ का ५ महिला र २ पुरुष, पोखरा–१९ का १ महिला र ४ पुरुष तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । ३७ वर्षकी महिलाको वडा नखुलेको भनेर ड्यास दिइएको छ । महानगर स्वास्थ महाशाखाका अनुसार उनी पनि वडा नम्बर ९ कि हुन् । सबै जना नदिपुरका संक्रमित प्रहरीका आफन्त हुन्। पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार महिलाको उमेर ५७ हुनुपर्नेमा ३७ भएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।यसअघि, बिहान पोखराका चार सहित गण्डकीमा थप ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा प्रदेशका तीन जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको थियो । कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ र ३० का ११ बर्षीय वालक र ३० बर्षीय पुरुष तथा वडा नं. ५ र १७ का ३८ र ४५ बर्षका महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै, बाग्लुङ नगरपालिका वडा नं. ४ र ३ निवासी २२ बर्षीया महिला र ३९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ । भने, तनहुंको बन्दीपुर गाउँपालिका वडा नं. ६ र ३ का १९ र २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै, प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।


सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प