पोखरा– बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि मंगलबार थुनामा पठाइएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।
‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी ९अधिकारी० निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए । पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ९१० बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ । ‘सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ जिल्ला कारागार पठाउनु’ आदेशमा छ ।
पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप लागेको छ । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ ९घटना भएकै दिन० मा अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो ।आइतबार कास्की जिल्ला अदालतमा सोसम्बन्धी अभियोगपत्र पेस भएको थियो
सम्बन्धित समाचारः
महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ