पोखरा । पोखराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखराका ५ वटा वडाका थप ८ जना पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, आजै पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १ का २५ र २५ वर्षका २ पुरुष, वडा नं. १४ का ३१ र ३२ वर्षका २ पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. २७ का १८ र ३० वर्षका २ पुरुष तथा वडा नं. १७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
बिहान वडा नं. ५ मा दुई र वडा नंं ८ मा एक थपिएका हुन् । वडा नं. ५ मा थपिएका दुई संक्रमित केही दिन अघि संक्रमित भएकी सहकारीको संक्रमितका परिवारका सदस्य र वडा नं. ८ मा थपिएका संक्रमित केही समय अगाडि कतारबाट आएका व्यक्ति भएको खुलेको छ । वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीका अनुसार निर्देशनालयले बिहान वडा नं. ५ मा १ जना मात्र भनेर सूचना प्रवाह गरेपनि वडा नं. ५ का २ जना हुन् ।
निर्देशनालय सूचना प्रवाहमा पटक पटक चुक्दै आएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ ।


सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ