पोखरामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिवार पछिल्लो विज्ञप्ती अनुसार पोखरा २७ मा थप एक जना पुरुषमा कोरोना संक्रमण भेटिएसँगै एकै दिन १२ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ३ पटकसम्म विज्ञप्ती प्रकाशित गरेको हो । पछिल्लो पटक दिउँसो २७ नं. वडाका ४१ वर्षीय पुरुषमा देखेको जनाइएको छ । यस्तै, पर्सा घर भई स्थानीय ठेगाना नखुलेका ४२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १० का ३२ वर्षीया महिलामा कोरोना भाइरस देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
मध्यान्ह जारी विज्ञप्ती अनुसार पोखराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखराका ५ वटा वडाका थप ८ जना पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको हो । पोखरा महानगरका वडा नं. १ का २५ र २५ वर्षका २ पुरुष, वडा नं. १४ का ३१ र ३२ वर्षका २ पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. २७ का १८ र ३० वर्षका २ पुरुष तथा वडा नं. १७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बिहान वडा नं. ५ मा दुई र वडा नंं ८ मा एक थपिएका हुन् । वडा नं. ५ मा थपिएका दुई संक्रमित केही दिन अघि संक्रमित भएकी सहकारीको संक्रमितका परिवारका सदस्य र वडा नं. ८ मा थपिएका संक्रमित केही समय अगाडि कतारबाट आएका व्यक्ति भएको खुलेको छ । वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीका अनुसार निर्देशनालयले बिहान वडा नं. ५ मा १ जना मात्र भनेर सूचना प्रवाह गरेपनि वडा नं. ५ का २ जना हुन् । निर्देशनालय सूचना प्रवाहमा पटक पटक चुक्दै आएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।

कोरोना पुष्टि भएकाहरु ग्यारेज र वर्कशपका कामदार !
कोरोना संक्रमित अधिंकाश ग्यारेज र मोटर पार्टसमा काम गर्ने व्यक्तिहरु भएको खुलेको छ । पोखरामा दोस्रोपटक विज्ञप्ती अनुसार थपिएका ८ संक्रिमत पुरुषहरु वर्कशपमा काम गर्नेहरु रहेको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए ।
पोखरा वडा नं १, १०, १४ र २७ का पुरुषहरु सबै वर्कशप, मोटरसाइकल तथा गाडीका ग्यारेजहरुमा काम गर्ने प्रायः मधेशी र भारतीय मूलका हुन् । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको महाशाखा प्रमुख पौडेलले जनाए ।
संक्रमित खोज्न धौधौ
पीसीआर टेस्टका लागि स्वाब दिएर रिपोर्ट आउँदा भने सम्पर्कमा नआउँदा महानगरलाई सास्ती भएको छ । शनिवार मात्र कोरोना रिपोर्ट पोजिटिभ देखिएका पोखरा १७ का एक संक्रमितलाई खोज्न मुस्किल भयो । उनले दिएको नम्बर गल्ती हुँदा गाह्रो भएको खुलेको छ । पछि उनलाई होटलमा रहेको थाहा भएको थियो भने उनी आफै सम्पर्कमा आएका थिए ।
देशभरमै यस्तो समस्या छ । पहिले स्वाब दिने तर पोजिटिभ आयो भने सम्पर्कमै नआउने समस्या देशव्यापी समस्या नै हो ।


सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो