पोखरा – पोखराका ११ जना सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कास्की, नवलपुर, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङ्गजा गरी ६ जिल्लाका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -१६ का ६६ बर्षीय पुरुष, पोखरा -९ का ३१ बर्षीय महिला र ३६ बर्षका पुरुष, पोखरा -७ का ३८ बर्षीय पुरुष र ३६ बर्षकी महिला, पोखरा -१७ का ८७ बर्षीय पुरुष, पोखरा -२७ का २४ बर्षीया महिला र १० बर्षका वालक सहित ५९ बर्षका पुरुष, पोखरा ३० – का ४६ बर्षीय पुरुष र पोखरा -४ का २१ बर्षीया युवतीमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै नवलपुरको विनयत्रिबेणी नगरपालिका वडा नं -१ का २८ बर्षीय पुरुष, लमजुङ दोर्दी गाउँपालिका -१ का ३० बर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका -१ का ३१ र २३ बर्षीया महिला, बाग्लुङ नगरपालिकाका २६ बर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिकाका ६० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७५६ पुगेको छ । भने, कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या पनि १५५० पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’