पोखरामा कोरोना संक्रमित बढेपछि संक्रमण फैलन नदिन कास्की जिल्ला नै ५ दिनका लागि लकडाउन गरिँदैछ । आज मध्येराति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागि ५ दिन कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् ।
आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण निजी, सार्वजनिक संघ संस्था सहितका सरकारी कार्यालय समेत बन्द हुनछन् । अत्यावश्यक सवारी साधनलाई पास आवश्यक नपर्ने र अन्यलाई पासको व्यवस्था हुनेछैन । लकडाउनको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । अत्यावश्यक काम नपरी नागरिकहरु घरबाहिर निस्कन पाउँदैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनको अनुमति बेगरका गाडी गुड्न पाउँदैनन् ।
पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको भए पनि प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालय र स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न दिने निर्णय गरेको थियो । सोहि अनुरुप पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकले एक हप्ता निषेधाज्ञा जारी गर्न गरेको सिफारिसलाई जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो