पोखरामा एकै दिन दुई जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ दीपका ८७ बर्षिय कोरोना संक्रमितको मंगलबार पूर्वान्ह मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल विज्ञप्ती जारी गर्दै उपचारका क्रममा बिहान १०ः ४० मा मृत्यु भएको पुष्टी गरेको हो । साउन ३२ गते उच्च ज्वरो र स्वास्व प्रश्वासमा समस्या भई उपचारका लागि सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा भर्ना गरिएको थियो । उनमा मृगौला रोग, मधुमेह रोग रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । अस्पतालमा मृत्यु हुने उनी चौथो व्यक्ति रहेको डा. आचार्यले बताए ।

उनमा पहिल्यै कोरोना पुष्टि भएको थियो । तर, अर्का मृतकको भने मृत्युपछि कोरोना पुष्टि भएको हो । तनहुँ १ ब्यास अम्रेनीकी ५० वर्षीया महिला पोखरा १२ हस्पिटोलचोक स्थित कास्की सेवा हस्पिटलमा उपचाररत रहेकीमा सोमबार राति ११ः३६ बजे मृत्यु भएको थियो । उनको मंगलबार मात्र कोरोना पुष्टि गरिएको थियो । हेपाटाइटिस, नेमोनिया, सुगर प्रेसर, मुटुको रोग लगायतका दीर्घ रोगबाट ग्रसित थिइन् ।

तस्वीरः स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश
यसैबीच, पोखरा महानगरमा कोरोनाबाट ज्यान जानेको संख्या २ पुगेको छ । यसअघि साउन २४ गते राति पोखरा १९ लामाचौरका ६२ वर्षीय बृद्धको ज्यान गएको थियो ।
गण्डकीमा मृतको संख्या ७ पुगेको निर्देशनालयले जनाएको छ । तर, स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङको क्रममा मृत्यु अपडेट गर्दा गण्डकीमा मृतक संख्या ६ रहेको जनाएको छ । यसहिसाबले पोखरामा आज थपिएका २ सहित गण्डकीमा ८ हुन आउँछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो