पोखरा – पोखराको मालेपाटनमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा गएको ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई पोखरा महानगरपालिका -५ मालेपाटनस्थित बिश्वास पेट्रोल पम्प अगाडी ग २ च २६२६ नम्वरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिंदा गम्भीर घाइते प्रहरी हवल्दार डम्बर थारुको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधबार दिउँसो १२ :३० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थारुको स्थायी घर बर्दिया जिल्ला मैनापुर – २ बढैयाताल हो ।
दुर्घटनामा पाल्पा जिल्ला रिप्दीकोट गाउँपालिका -८ घर भइ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको राती १ :४५ बजे नै उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।
मृतक दुवै जना दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ठक्कर दिने जिपका चालक धादिङ जिल्लाको धुनीबेशी गाउँपालिका -५ घर भई पोखरा – २३ बस्ने विशाल के.सी लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो