पोखरा सहित कास्की जिल्लाभर नै मंगलबार मध्यरातदेखि निषेधाज्ञा जारी छ । ५ दिने लकडाउन भदौ ७ गते अन्त्य हुनेछ । पहिलो दिन निषेधाज्ञाको यहाँका नागरिक धेरैले मानेका छन् । देशकै सबैभन्दा ठूलो महानगर पोखरासहित कास्की जिल्लामा प्रशासनले निषेध गरेका कार्यहरु भएनन् । अत्यावश्यक सेवा बाहेकका सवारीसाधन पनि कमै चलेको देखिन्थे ।
कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार जिल्लाभर नै निषेधाज्ञा पालना भएको पाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । कोत्रेदेखि नै सवारीमा कडाई गरियो । उता धादिङ, तनहुँमा पनि बन्द भएकाले पृथ्वीराजमार्गमा सवारी कडाई गर्न सहज भएको छ ।
पोखरामा पनि निषेधाज्ञालाई धेरै हदसम्म पालना गरिएको पाइयो । यद्यपी, भित्री ठाउँहरुमा केही साना सवारी चलेका देखिन्थे भने नागरिकहरु पनि सडकमा बन्दको बेलाझैं निस्किएको देखिन्थे । केही ठाउँमा केटाकेटीहरु पनि खेलिरहेका थिए । यस्तो कार्य नगर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
आफ्नै स्वास्थ्यलाई ध्यानमा राखेर अत्यावश्क कामबाहेक घरबाट ननिस्कन समेत डिएसपी हमालले आग्रह गरे । निषेधाज्ञाको पहिलो दिन पोखरामा १ सय १० सवारीसाधन कारवाहीमा परेको डिएसपी हमालले जानकारी दिए ।
पोखरामा ८५ वटा दुई पाँग्रे र २५ वटा गाडी कारबाहीमा परेका छन् । सबैको सवारी नियन्त्रणमा लिएर दिनभरी उभ्याइएर बेलुकी छाडिएको उनको भनाई छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपिल जारी गर्दै संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक ट्रेसिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न आम नगरबासीलाई अनुरोध पनि गरेका छन् ।



सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित