पोखरा सहित कास्की जिल्लाभर नै मंगलबार मध्यरातदेखि निषेधाज्ञा जारी छ । ५ दिने लकडाउन भदौ ७ गते अन्त्य हुनेछ । पहिलो दिन निषेधाज्ञाको यहाँका नागरिक धेरैले मानेका छन् । देशकै सबैभन्दा ठूलो महानगर पोखरासहित कास्की जिल्लामा प्रशासनले निषेध गरेका कार्यहरु भएनन् । अत्यावश्यक सेवा बाहेकका सवारीसाधन पनि कमै चलेको देखिन्थे ।
कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार जिल्लाभर नै निषेधाज्ञा पालना भएको पाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । कोत्रेदेखि नै सवारीमा कडाई गरियो । उता धादिङ, तनहुँमा पनि बन्द भएकाले पृथ्वीराजमार्गमा सवारी कडाई गर्न सहज भएको छ ।
पोखरामा पनि निषेधाज्ञालाई धेरै हदसम्म पालना गरिएको पाइयो । यद्यपी, भित्री ठाउँहरुमा केही साना सवारी चलेका देखिन्थे भने नागरिकहरु पनि सडकमा बन्दको बेलाझैं निस्किएको देखिन्थे । केही ठाउँमा केटाकेटीहरु पनि खेलिरहेका थिए । यस्तो कार्य नगर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
आफ्नै स्वास्थ्यलाई ध्यानमा राखेर अत्यावश्क कामबाहेक घरबाट ननिस्कन समेत डिएसपी हमालले आग्रह गरे । निषेधाज्ञाको पहिलो दिन पोखरामा १ सय १० सवारीसाधन कारवाहीमा परेको डिएसपी हमालले जानकारी दिए ।
पोखरामा ८५ वटा दुई पाँग्रे र २५ वटा गाडी कारबाहीमा परेका छन् । सबैको सवारी नियन्त्रणमा लिएर दिनभरी उभ्याइएर बेलुकी छाडिएको उनको भनाई छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपिल जारी गर्दै संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक ट्रेसिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न आम नगरबासीलाई अनुरोध पनि गरेका छन् ।



सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु