पोखरा । कर्तव्य निर्वाहका क्रममा बुधबार सवारी दुर्घटनामा परि वीरगति प्राप्त वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरिरलाई विहीबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी घनश्याम अर्यालले उनीहरुको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

साथै, प्रहरी नायव महानिरीक्षक अर्यालले दुबै जना प्रहरी कर्मचारीका परिवारजनहरुसंग भेटघाट गरी समवेदना प्रकट गर्नुका साथै ईमान्दार, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको महसुस गरेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी., जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बुधबार बिहानै १ बजेको समयमा पोखरा महानगरपालिका ५ मालेपाटन स्थित विश्वास पेट्रोलपम्प अगाडि बाग्लुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको गस्ती ड्युटीमा प्रयोग हुने ग १ ब ३६९ नं.को मोटरसाईकमा सवार उनीहरुलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भई दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बर्दिया जिल्लाको बढैयाताल ६ घर भएका ३४ वर्षिय प्रहरी हवल्दार डम्बर बहादुर थारू २०६२ असार ८ गते नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदबाट सेवा प्रवेश गरेका थिए । उनीँ दंगा नियन्त्रण प्रहरी गण तनहुँ दरवन्दी भई गत वर्ष असार ९ गते देखि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए ।
यस्तै, पाल्पा जिल्लाको रिप्दिकोट गाउँपालिका ८ घर भएका प्रहरी जवान चन्द्र बहादुर बगाले गत वर्ष साउन १ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरेका थिए । उनी दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरवन्दी भई यही साउने २० गते देखि मात्रै वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’