पोखरामा शनिबार बिहान मात्र १६ जना कोरोना संक्रमित थपिए । बिहान १० बजेको पहिलो विवरण अनुसार ३ जना र एक घण्टापछि ११ बजेको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरामा १६ जना थपिएका हुन् ।
यसमध्ये प्रहरी, ग्यारेजमा काम गर्ने तथा बैंक र मालपोतका कर्मचारी भएको खुलेको छ । बाँकी १० जना भने संक्रमितका परिवार र उनीहरुका सम्पर्कमा आएका व्यक्ति हुन् । संक्रमित २ जना प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत हुन् । यसअघि पनि गत बिहीबार उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो ।
पोखरा ३० घर भएकी संक्रमित २७ वर्षीया युवती बैंक अफ काठमाडौं खैरेनीटार शाखाकी कर्मचारी हुन् । लेखनाथ घर भएका अर्का पुरुष मालपोत कर्मचारी रहेको खुलेको छ । यस्तै, बुद्ध विशाल बजारमा पसल गर्ने दम्पतीमा कोरोना देखिएकोमा परिवारको स्वाब परिक्षण गर्दा सञ्चालकका बृद्धा आमा र नाबालक छोरामा पनि कोरोना देखिएको छ ।
शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ बर्षे बालक र ६१ बर्षे महिला संक्रमित भएकोमा उनीहरु उक्त मोवाइल पसलका सञ्चालक दम्पतीका परिवार हुन् । पोखरा महानगरपालिका – ८ मा शुक्रबार पुष्टि भएका ४ जना मध्ये ३ जना एकै परिवारका सदस्य रहेको पनि खुलेको छ ।
आज संक्रमण भएकामध्ये २ जना ग्यारेजमा काम गर्ने मिस्त्रीहरु रहेको खुलासा भएको छ । पोखरा १६ र ९ नम्बर वडामा रहेका दुई मोटरसाइकल वर्कशपमा काम गर्नेहरु हुन् । उनीहरु लकडाउन खुकुलो भएपछि भारतबाट आएका थिए ।
यस्तै, होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना होम आइसोलेशनमा बसेकोमा शुक्रबार नै ८ जना निको भएका छन् । अस्पताल नै जानु नपरी निको हुनेहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक–एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका बिरामी (सक्रिय केस) को संख्या १०७ रहेकामा पोखराका दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन