पोखराको लेखनाथ स्थित एक रेडियोमा कार्यरत पत्रकारलाई आज कोरोना पुष्टि भयो । एक हप्ता अघि सोहि रेडियो भएको भवनमा रहेको बैंकका सुरक्षागार्डलाई कोरोना देखिएको थियो ।
सुरक्षागार्डमा संक्रमण पुष्टि भएपछि रेडियोमा कार्यरत पत्रकार पनि कन्ट्याक ट्रेसिङमा परेका थिए । शनिबार पोखरा २७ को वडा कार्यालयमा उनीसहित धेरैको स्वाब संकलन भयो । ३४ वर्षीय पत्रकारमा पोजिटिभ नतिजा आयो । उनी छिमेकी जिल्लाको अर्को स्थानिय पत्रिकामा पनि कार्यरत छन् ।
एफएममै बस्दै आएका उनले आफ्नो भेट सुरक्षा गार्डसँग भइरहने भएकाले पनि उनैबाट संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । वडा नं. २७ मा कार्यरत कर्मचारी महिलामा पहिलोपटक पोजिटिभ देखिएपछि वडामा परीक्षणको क्रम सुरु भएको छ ।
‘सुरक्षित रहन र नआत्तिन’ महासंघ अध्यक्षको आग्रह
पोखराको लेखनाथलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा लागेका पत्रकारमा कोरोना संक्रमण पुष्टी भएपछि पत्रकार महासंघ कास्कीले पत्रकारहरुलाई सजग रहन भनेको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अन्य पत्रकारहरुलाई संक्रमणबाट बच्न र नआत्तिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘सम्पूर्ण साथीहरुलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन आग्रह गर्दछौं । कोरोना संक्रमणका जोखिम बढ्दो भएकाले फिल्ड रिपोर्टिङ जान कम गर्नु हुन समेत अनुरोध गर्दछौं ।’
रिपोर्टिङको क्रममा जा‘ंदा (ट्राभल हिस्ट्रि) को कुनै आशंका रहे पिसिआर परीक्षण गराउन महासंघले पहल गर्ने भन्दै तत्काल खबर गर्न समेत उनले अपील गरेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’