लकडाउन तथा निषेधाज्ञा लामो समयसम्म कायम रहे राष्ट्रिय अर्थतन्त्रमा गम्भिर असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स, कास्कीले निषेधाज्ञाको अवधिलाई थप नगर्न ध्यानाकर्षण गराएको छ ।
निषेधाज्ञा लामो समयसम्म कायम रहेको खण्डमा सानो आकारको अर्थतन्त्र भएको मुलुकले धान्न नसक्ने दावी गर्देै चेम्बरले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधीलाई थप नगर्न ध्यानाकर्षण गराएको हो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मंगलबार प्रेस विज्ञप्ति प्रकासित गरी कोरोना महामारी बिचमा पनि नेपाल सरकारले लागु गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनु पर्ने बताए ।
अध्यक्ष सुनारले निषेधाज्ञाको विकल्पमा कोरोना रोकथामका अन्य सुरक्षा सावधानी अपनाई लकडाउनको स्वरुप परिर्वतन गरि, विश्वका अन्य मूलुकले अपनाएका विधीलाई अपनाई आर्थिक गतिविधीलाई नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेका छन् ।
सबै उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय र विकास निर्माणका काम रोकिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको दावी गर्दै अध्यक्ष सुनारले लकडाउन र निषेधाज्ञाको स्वरुप परिवर्तन गरी विस्तारै जन जिवनलाई सामान्य बनाउन आग्रह गरेका छन् ।
चेम्बरले सरुवा तथा संक्रामक रोगको बढी जोखिम भएको स्थानहरुको पहिचान गरी निषेधाज्ञालाई कढाई गर्दै कम जोखिम भएको स्थानहरुमा उत्पादन, व्यापार र व्यवसायलाई नियमित गर्न माग गरेको छ ।
नेपाल सरकारले विगतमा लामो समयसम्म लगाएको लकडाउनको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको चर्चा गर्दै अध्यक्ष सुनारले कोरोना कहरको कारण मारमा परेको निजी क्षेत्रलाई सरकारले ल्याएको राहात तथा पुनस्थापनाकोषले केही हदसम्म निजी क्षेत्रलाई सम्वोधन गरेको चर्चा गर्दै, पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक निती सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिन माग समेत गरेको छन् ।
उनले स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै निजी क्षेत्रलाई पेशा व्यवसायको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरस संक्रमण बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सुरुमा भदौ २ देखि ७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । पोखरा महानगरपालिकाको सिफारिसमा प्रशासनले भदौ ७ देखि १२ गतेसम्म ५ दिनको लागि निषेधाज्ञाको म्याद थप गरेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो