पोखरा । गण्डकी प्रदेशमा मध्यान्हसम्म ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मध्यान्हसम्म ४ पटक विज्ञप्ती जारी गर्दै अहिलेसम्म ३९ जना थपिएको जानकारी दिएको हो । जसअन्तर्गत सबैभन्दा धेरै लमजुङमा देखिएको छ । लमजुङमा २३ जना, नवलपुरमा ९ जना, कास्कीमा ४ जना, गोरखामा २ जना र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।
पछिल्लो विवरण अनुसार पोखरा महानगरपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा १७ का २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज बिहानै समेत कास्कीका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । १ जना मादी गाउँपलिकाका रहेका थिए । योसंगै आज कास्कीमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बाग्लुङका १ महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशमा गरिएको परीक्षणका क्रममा गोरखाको गोरखा नगरपालिका वडा नम्बर ९ का २२ तथा ३५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, नवलपरासीको ब.सु.पू को गैडाकोट ४ का ५२ वर्षीय तथा देवचुली १० की २४ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ हजार ९ सय ५२ पुगेको छ ।

यसअघि, तेस्रो विज्ञप्तीमा पोखरामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको थियो । महानगरपालिकाको वडा नम्बर १४ निवासी ५८ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दोस्रो विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङको बेसीशहर नगरपालिका वडा नं. ३ स्थित नेपाल आर्मीमा कार्यरत ३९, ३९ र ३८ वर्षका तीनजना पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ का ४७ वर्षीय पुरुष, वडा नं (१४ की ४९ वर्षीय महिला र वडा नं. १६ का दुई ३३ र २८ वर्षका पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । भने, गैंडाकोट नगरपालिका वडा नं – १३ का ३० र २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये नवलपुर गैंडाकोटका दुई जना भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा नुमना स्वाब दिएका मध्ये हुन् ।

यसअघि, आज बिहानको पहिलो विज्ञप्ती अनुसार प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये कास्कीको पोखरा महानगरपालिका ११ का ४६ वर्षीय पुरुष र मादी गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पुरुष रहेका छन् । नवलपुर गैंगाकोट १ का ४० वर्षीया महिला र लमजुङ वेशीशहरका २० जना पुरुष रहेका छन् । यसमध्ये १७ जना वेशीशहरमा कार्यरत हुन् भन् एक जना वेशीशहर वडा नं. ७ का ५१ वर्षीय पुरुष र वडा नं. ८ का ३२ र २५ वर्षीय २ पुरुष हुन् ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो