लमजुङ । गण्डकी प्रदेश अन्तरर्ग लमजुङ बेँसीशहर जगरपालिकामा एक साताका लागी निषधाज्ञा जारी गरिएको छ । आज दिउँसो ३ बजेदेखी लागु हुने गरी भदौ १७ गते साँझ ६ बजेसम्मको लागुहुने गरी वडा नं २,३,७ र ८ मा जिल्ला प्रशासन कार्यलय लमजुङले निषेधज्ञा आदेश जारी गरेको हो ।
जिल्ला कोभिड९ १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।आज एकै दिन २० जना बेँसीशहर नगरपालिका वडा नं ७ र ८ का तीन जनामा जिल्लामा कार्यरत नेपाली सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
अत्याश्यक बाहेकका सम्पूर्ण सेवाहरु बाहेक अन्ने सेवाहरु बन्द गरिने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदन गर्ने एटिएमबाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । यस्तै, खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । औषधि उपचार त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने , सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लामा हाल सम्म १३९ जना संक्रमण मध्य १११ जनाले कारोना जितेका छन्। उपचारत् ५ र आज थपिएको २३ जना गरी बाँकी संक्रमित २८ जना आइसोलेसनमा उपचारत रहेको जिल्ला प्रशासन कार्यलय लम्जुङले जनाएको छ ।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन