पोखरामा कोभिड–१९ बाट विहीबार मृत्यु भएकी महिलाको शव पोखरा महानगरपालिका वडा नं. ३२ मजुवामाव्यवस्थापन गरिएको छ । ती महिलाको शव पीपीई पहिरिएका तालिमप्राप्त व्यक्तिहरुले एक्साभेटरले खाल्डो खनेर माटोले पुरेका हुन् ।
३२ बर्षिया ती महिला पोखरा १२ निवासी हुन् । कोरोना संक्रमणबाट विहीबार विहान ८ बजे ती महिलाको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जानकारी दिएको छ । उनी साइ अर्चना, मणिपाल, कास्की सेवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष कक्षमा पुगेकी थिइन् । यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी महिलासँग एउटै वार्डमा उनी बसेको खुलेको छ । त्यसपछि स्वाब परिक्षण गर्दा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । केन्द्रमा यस अघि कोरोना संक्रमित पोखरा – १६ का ८७ वर्षीय बृद्ध र पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्याङजाका २ संक्रमित पुरुषको समेत केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।
यसबाहेक पोखराको कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको पनि भदौ २ गते कोरोनाका कारण मृत्यु भएको थियो । पोखरामा ३ र गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
भिडियो:
सम्बन्धित खबर
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग