कास्कीमा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा फेरि एक साता थपिएकोमा आज मध्येराति १२ बजेदेखि सकिँदैछ । पोखरासहित कास्कीभर जारी भएको निषेधाज्ञा अब के हुन्छ ? भन्ने जनचासो छ । निषेधाज्ञा नथपिने लगभग निश्चित छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पोखरामा संक्रमितको संख्या बढ्दै गएपछि मात्र नरम भएका थिए नत्र उनी पनि सधैं बन्द गरेर जाने पक्षमा थिएनन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त झनै सार्वजनिक समारोहहरुमा नै बन्दको विरोध गर्दै आएका हुन् । अर्थको बागडोर सम्हालेका अर्थमन्त्री किरण गुरुङले त बन्द गर्नेहरुलाई मूर्ख समेत भनेका छन् । उनले पटक पटक सामाजिक सञ्जालमा तितो पोख्दै आएका छन् ।
यसैबीच, पोखरामा लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पोखरेलीमाझ गरेको सर्वेक्षणमा अधिकांशले निरन्तरता दिन नहुने तर थप सजग र सचेत हुनुपर्ने बताएका छन् । संक्रमण बढ्दै गएकाले लकडाउनलाई निरन्तरता दिनुको विकल्प नरहेकोमा पनि अनपेक्षित रुपमा मत आएको छ । एक हजार भन्दा बढी पोखरेलीले मत जाहेर गरेका छन् । १ हजार ५० मत आएकोमा निरन्तरता दिनुहुन्न भन्नेहरु ५८३ जना अर्थात् ५६ प्रतिशत र निरन्तरता दिनुपर्छ भन्नेहरु ४६७ अर्थात् ४४ प्रतिशत रहेका छन् ।
दिनुपर्छ भन्नेहरुको पनि कारण छ । धेरैले भनेका छन्ः ‘पोखरामा लकडाउन नगर्ने हो भने सबै सडकमा आउँछन्, सचेतता छैन । झन् फैलन्छ । त्यसैले पोखरेलीकै आफ्नै कारणले लकडाउन गर्नुपरेको हो ।’

तर, विशेष श्रोतका अनुसार भिडभाड हुने सेवाहरु बन्द गराएर अन्य सेवा खुलाउने गरी निर्णय हुनेछ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’