गण्डकी प्रदेशमा आइतबार कूल ४३ जना कोरोना संक्रमित थपिएका छन् । आईतबार साँझ थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार साँझ जारी गरेको तेस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङका १९ र ४५ वर्षका २ पुरुष र गोरखाका ३ महिला तथा ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
निर्देशनालयले गोरखाको गोरखा नगरपालिका ८ का ३४ वर्षीय पुरुष, १० का ५५ वर्षीय पुरुष र १३ का २३ देखि ४५ वर्ष उमेर समुहका ७ पुरुष तथा ५ वर्षीया बालिकासहित २५ र ७५ वर्षका ३ महिलामा कोरोना देखिएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३७ पुगेको छ ।

यसअघि, दोस्रो विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला र तनहुँ भानुका १९ पुरुष र ३ महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
बागलुङमा सङ्क्रमित हुने तमानखोलाका २३ र ३० वर्षका महिला मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी गरेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी, तनहुँको भानु – ६ का २३ देखि ६९ वर्ष उमेर समुहका ९ जना पुरुष, भानु – ७ का २७ देखि ६० वर्ष उमेर समुहका १० पुरुष तथा ८ वर्षीया बालिका सहित २५ वर्षीया एक र ५४ वर्षीया एक महिलामा कोरोना देखेएको निर्देशनालायले उल्लेख गरेको छ ।

आइतबार बिहानै पोखराका तीन सहित गण्डकीमा पाँच जना कोरोनाका संक्रमित थपिएका थिए । स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला कास्की र नवलपुरमा गरी कूल पांच जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषका साथै पोखरा (८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपुर कावासोती २ का २१ वर्षीया युवती र मध्यविन्दु ४ का २० वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो