गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको छ । सोमबार दिउँसो २:३० मा प्रेस बिज्ञाप्ती जारी गर्दै थप १३ जनामा कोरोना पुष्टी भएको गण्डकी निर्देशनालयले जनाएको हो । संक्रमण हुनेमा लमजुङका ८ जना , गोरखाका २ जना र नवलपुरका ३ जना छन् ।
प्रदेश क्षयरोग केन्द,पोखरामा गरिएको परिक्षणमा लमजुङमा ८ जना पुष्टी भएका छन् यसरी संक्रमित हुनेहरुमा बेसीसहर नगरपालिकामा कार्यरत ३ जना पुरुष सुरक्षाकर्मी रहेका छन् ।त्यस्तै नगरपालिका वडा नं ७ का २०, २५ र ३२ वर्षीय ३ जना महिला रहेका छन् । संक्रमितमध्ये ३२ वर्षीय महिला जिआइबिएल बैंकमा कार्यरत रहेकी छिन् । त्यस्तै २० वर्षीय महिला अस्पताल कर्मचारी हुन् । त्यस्तै नगरपालिकाको वडा नं ८ का २७ वर्षीय महिला सहित वडा नं ३ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भरतपुर अस्पतालमा गरिएको परिक्षणमा गोरखाका २ जनामा कोरोना पुष्टी भएको हो । पुष्टी हुनेमा गेरखा वडा नं १२ का ४६ वर्षीय पुरुष र वडा नं १३ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
चितवन कलेज भरतपुरमा मा गरिएको परिक्षणमा नवलपुरमा ३ जना कोरोना पुष्टी भएको छ । संक्रमण हुनेमा नवलपुर देवचुली वडा नं १० की ३७ वर्षीय महिला, मध्यविन्दु १० का ३४ वर्षीय पुरुष र गैँडाकोट ५ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको गण्डकी निर्देशनालयले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय ५७ पुगेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४५१ जना रहेको निर्देशनालयले जनाकारी दिएको हो ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु