काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।
एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् । एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।

Onlinekhabar
प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ । महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहको मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ ।
तर, एमाले नेतृत्वले न त सहमतिको प्रयास गर्यो न त आन्तरिक चुनावलाई गुटका आधारमा खुलेर समर्थन नै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शाक्यलाई बोलाएर परामर्श गरेका थिए । शाक्यले चुनाव नै भएपछि आफूले जित्ने बताएपछि ओलीले शुभकामना दिएको स्रोतले बताएको छ ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो