गण्डकी प्रदेशमा एकै दिन ६३ जनामा कोरोना पुष्टी भएको छ । बुधबार गण्डकी निर्देशनालयले पाँचौ पटक सम्म विज्ञप्ती जारी गर्दा आज मात्रै ६३ जना पुगेको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या २२७३ जना पुगेका छन् । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लगिएको निर्देशनालयले जानकारी दिएको हो ।
तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । पोखरामा एकैपटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका २३ सहित ३५ जनामा संक्रमण पुष्टि भयो । पोखरामा संक्रमित मध्ये सबैभन्दा धेरै १७ नम्वर वडाका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १७ का २१ देखी ४२ बर्ष उमेर समुहका २० जना नेपाल प्रहरीमा कार्यरत पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै ,पोखरा १४ का ३० र ५७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ भने, पोखरा १३ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । यसबाहेक गण्डकी प्रदेशका तनहुँमा १ , लमजुङमा ४ र नवलपुरमा ७ जनालाई कोरोना पुष्टि भएको छ ।

त्यसपछि दोस्रो विज्ञप्तीमा तनहुँ व्यास ६ घर भई पोखरामा डोजर व्यवसाय गरेर बसेका २४ वर्षीय पुरुषमा संक्रमण भएको जानकारी दिइयो ।

तेस्रो विज्ञप्ती अनुसार पोखराका १ सहित विभिन्न जिल्लाबाट थप १८ जनामा कोरोना पुष्टी भएका हो । कास्कीको पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका १८ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी लमजुङको बेसिसहरका ५ वटा वडाका १३ , २३ र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।

चौथो विज्ञप्ती अनुसार कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ ।
निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट त्रि. वि. अस्पतालमा प्रेषण गरिएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयको बुधबार साँझको पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका दुई जिल्ला लमजुङ र बाग्लुङ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु लमजुङ बेसीशहर नगरपालिका वडा नं. ३ का ५८ र ४१ वर्षीया महिला, बेसीशहर ५ का २३ वर्षीय युवक, बेसीशहर ८ की २२ वर्षीया युवती सहित बेसीशहर कै २४ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् ।
यस्तै, लमजुङकै मर्स्याङदी गाउँपालिका ६ का २१ वर्षीय युवक र कोह्लासोथर गाउँपालिकाका २९ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् । बाग्लुङको गलकोट नगरपालिका ७ का २१ वर्षीया युवतीको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह