पोखरा । पोखरामा बिहीबार थप २९ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका थप २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार दिउसो १ बजे तेस्रो विज्ञप्ति मार्फत जनाएको छ ।
नयाँ थपिएका संक्रमित पोखरा महानगरका १० वटा वडाका २१ देखि ५२ वर्ष उमेर समुहका महिला र पुरुष रहेका छन् । त्यस्तै महानगरको वडा नम्बर १, ५ , ८ १०, १२, १३, १४, १६, २७ र ३० मा संक्रमण देखिएको हो ।
पोखरा १ की ४२ वर्षीया महिला ५ का २८ वर्षीय पुरुष, ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुष , १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष, १६ का ५२ वर्षका पुरुष , २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै तनहुँ व्यास १ र ४ का २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन