पोखराको औद्योगिक क्षेत्रमा कार्यरत कामदारमा कोरोना देखिएको छ । कन्ट्याक्ट ट्रे्सिङका क्रममा पोखरा औद्योगिक क्षेत्र एरियामा पीसीआर परीक्षण गर्दा त्यहाँबाट स्वाब लिइएका २९ जनामा कोरोना संक्रमण बिहीबार पुष्टि भएको छ । तीमध्ये अधिकांश औद्योगिक क्षेत्रभित्र रहेका उद्योगका कामदार छन् । उक्त क्षेत्र रहेको वडाले आज मध्येरातिदेखि सो क्षेत्र एक हप्ता सिल गरेको छ ।
औद्योगिक क्षेत्रका कामदारमा कोरोना देखिएपनि उद्योगका सञ्चालकहरु यसबारेमा केही बोलेका छैनन् । तर, त्यहाँ कार्यरत कामदारहरु त्रसित छन् । ‘हाम्रा कम्पनीका साथीहरुमा पनि कोरोना देखियो । जो संक्रमित बने, उनीहरुलाई पनि हल्ला नगरी बस्न अनुरोध गरेका छन् । हामीलाई पनि नबोल्नु भनेका छन् ।’ नाम नबताउने शर्तमा एक कामदारले भने ।
जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको थियो । २९ मध्ये औद्योगिक क्षेत्रभित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुल्न बाँकी रहेको भन्दै थप जानकारी महानगरले दिएको छैन । स्वाब दिनेहरुले पनि प्रहरी झैं गरी आफू कार्यरत ठाउँको ठेगाना दिएको छैन, सबैले आफू बसोबास गर्ने क्षेत्रको ठेगाना दिएकाले पनि एकै ठाउँमा धेरै संक्रमित नदेखिँदा सूचना लुकाउन सहज भएको छ ।
गोप्य श्रोतका अनुसार बिहीबार संक्रमित मध्ये २७ जना पोखरा फुड्स प्रालिका कर्मचारी हुन् । १८ जना प्याकेजिङ गर्ने, ४ जना लोडर-हेल्पर र बाँकी ५ जना कार्यालयका हुन् । यसबारे कम्पनीले भने केही बोलेको छैन ।

स्वाब दिएर समेत कामदारहरु मार्केटमा डुलेको त्यहाँका कर्मचारीहरुले सूचना दिएका छन् । औद्योगिक क्षेत्रभित्रका कामदारमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको छ र आज पनि स्वाब संकलन गरिएको छ ।
यसअघि बिहीबार नै प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको थियो । पोखरामा पहिलोपल्ट एकै दिन ३० जना संक्रमित भेटिएका हुन् ।

आज पनि पोखरामा १७ जनामा कोरोना देखिएको छ । यी मध्ये केही औद्योगिक क्षेत्रमै कार्यरत कामदार रहेको श्रोतले जनाएको छ ।
औद्योगिक क्षेत्रभित्र खुलेका दर्जनौं उद्योगहरु कतिले सुरक्षाको न्यूनतम मापदण्ड पनि पालना नगरेको स्वयं त्यहाँ कार्यरत कर्मचारीको गुनासो छ । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको उनीहरुले गण्डकन्यूजसँग बताएका छन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’