गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए । अर्याल हाल प्रदेश प्रहरी कार्यालयकै क्वार्टरमा छन् । उनमा स्वास्थ्य अवस्था सामान्य नै रहेको निर्देशक शर्माले जानकारी दिए । ५२ वर्षीय अर्यालसँगै अर्का २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।
आफूमा कोरोना संक्रमण पुष्टि भएपनि लक्षण केही नरहेको उनले बताए । अर्यालले संक्रमण पुष्टि भएपनि आफ्नो जिम्मेबारी अनुसारको काम गरिरहेको बताएका छन् । उनी पोखरा स्थित आफ्नै क्वाटरमा आइसोलेशनमा बसेका छन् । उनलाई संक्रमण पुष्टि भएपछि उहाँकी श्रीमती, चालक सहितका सुरक्षाकर्मी, भान्से लगायतका कर्मचारीको आजै स्वाब संकलन गरिएको छ ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत दर्जनौं प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीहरु जोखिममा छन् । स्याङ्जाको जिल्ला प्रहरी कार्यालय नै सिल गर्नुपर्ने अवस्था आएपछि पोखराबाट त्यहाँ प्रहरी खटाइएको थियो । त्यहाँको तत्कालिन प्रहरी प्रमुख नै कोरोना संक्रमित भएका थिए । एसपी बिमलराज कँडेल निको भएर पनि सरुवा भइसकेका छन् । र अहिले, स्याङ्जाको प्रहरी कमाण्ड सम्हाल्न एसपी होविन्द्र बोगटी आइसकेका छन् ।
पोखराबाट गएका प्रहरी फर्किएपछि स्वाब टेष्ट गराउँदा सशस्त्र गणमा कार्यरत प्रहरीहरुलाई कोरोना देखिएको थियो । सो गणमै पार्टीमा सहभागिता जनाएका गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना देखिएर अहिले होम आइसोलेसनमा आरामरत छन् । यही क्रममा अर्का भिआईपीमा कोरोना देखिएको हो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’