गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए । अर्याल हाल प्रदेश प्रहरी कार्यालयकै क्वार्टरमा छन् । उनमा स्वास्थ्य अवस्था सामान्य नै रहेको निर्देशक शर्माले जानकारी दिए । ५२ वर्षीय अर्यालसँगै अर्का २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।
आफूमा कोरोना संक्रमण पुष्टि भएपनि लक्षण केही नरहेको उनले बताए । अर्यालले संक्रमण पुष्टि भएपनि आफ्नो जिम्मेबारी अनुसारको काम गरिरहेको बताएका छन् । उनी पोखरा स्थित आफ्नै क्वाटरमा आइसोलेशनमा बसेका छन् । उनलाई संक्रमण पुष्टि भएपछि उहाँकी श्रीमती, चालक सहितका सुरक्षाकर्मी, भान्से लगायतका कर्मचारीको आजै स्वाब संकलन गरिएको छ ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत दर्जनौं प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीहरु जोखिममा छन् । स्याङ्जाको जिल्ला प्रहरी कार्यालय नै सिल गर्नुपर्ने अवस्था आएपछि पोखराबाट त्यहाँ प्रहरी खटाइएको थियो । त्यहाँको तत्कालिन प्रहरी प्रमुख नै कोरोना संक्रमित भएका थिए । एसपी बिमलराज कँडेल निको भएर पनि सरुवा भइसकेका छन् । र अहिले, स्याङ्जाको प्रहरी कमाण्ड सम्हाल्न एसपी होविन्द्र बोगटी आइसकेका छन् ।
पोखराबाट गएका प्रहरी फर्किएपछि स्वाब टेष्ट गराउँदा सशस्त्र गणमा कार्यरत प्रहरीहरुलाई कोरोना देखिएको थियो । सो गणमै पार्टीमा सहभागिता जनाएका गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना देखिएर अहिले होम आइसोलेसनमा आरामरत छन् । यही क्रममा अर्का भिआईपीमा कोरोना देखिएको हो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प