पोखरा महानगरमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ । स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक ड. विनोद विन्दु शर्माले जानकारी दिए । अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । देउचुलीमा स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।
पछिल्लो समय पोखरामा तीव्र गतिमा कोरोना संक्रमणको दर बढिरहेको छ । समुदायका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको छ । पोखरामा आइतबारमात्र २० जनामा संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप संक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ