पोखरा घारीपाटन स्थित हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी पक्राउ परेका छन् । अस्पतालमा कार्यरत महिलाहरुले सुवेदी विरुद्ध करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
ति ३५ वर्षीया महिलाले पहिले प्रहरीकहाँ लिखित जाहेरी दिएकी थिइनन् । मंगलबार प्रहरीकहाँ उनीसहित अर्की एक महिलाले पनि सुवेदीविरुद्ध जाहेरी दिएपछि सुवेदीलाई मासबारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लेखा अधिकृत सुवेदीबाट पटकपटक यौन शोषण भएको भन्दै अस्पतालकी महिला कर्मचारीले भदौ १७ गते अस्पतालकै कर्मचारी युनियनमा कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् । त्यसपछि, अन्य महिलाहरुले पनि आफूहरु सुवेदीबाट पीडित बनेको आरोप लगाएको थिए । दुई दिनपछि नै लेखा अधिकृत सुवेदी निलम्बित भएका थिए ।
लेखा अधिकृत सुवेदीले विगत ४ वर्षदेखि यौन शोषण गरेको आरोप छ । हिमालय आँखा अस्पतालमा कार्यरत सबै ७२ जना कर्मचारीले हस्ताक्षर गरेर युनियन मार्फत व्यवस्थापन समितिलाई ३ बुँदे माग गर्दै पत्र बुझाएपछि व्यवस्थापन थप दबाबमा परेको थियो । पत्र पाए लगत्तै व्यवसापन समितिको बैठक बसी २० गते नै सुवेदीलाई निलम्बन गरिसकेको थियो ।
उसो त, व्यवस्थापन पक्ष पनि सुवेदीलाई जोगाउने पक्षमा भने होइन । महिलाले नै प्रहरीकहाँ लिखित उजुरी नदिएपछि सुवेदी पक्राउ परेका थिएनन् । महिलाहरु जब प्रहरी कार्यालयमा पुगे, सुवेदी मंगलबार नै पक्राउ परिसके । समितिले घटना छानविन गर्नका लागि ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन