पोखरा । प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका पोखरा घारीपाटन स्थित हिमालय आँखा अस्पतालका लेखा अधिकृत बामदेव सुवेदीलाई सार्वजनिक गरेको छ । अस्पतालमा कार्यरत दुई महिलाहरुले सुवेदी विरुद्ध करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई बर्ष ३१ की एक महिला र बर्ष ३६ की अर्की एक महिलालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्की पोखरा ७ शान्तिनगर बस्ने वर्ष ३७ कासुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले जनाए ।
उनी विरुद्ध ३१ वर्षीया महिला कारबाहीका लागि अगाडि बढेकी थिइन् । ति महिलाले कर्मचारी यूनियनसमक्ष जानकारी गराएकी थिइन् । उनले सुवेदीले २०७६ मंसिरमा आफ्नो भाइको विवाहको लागि ५० हजार कार्यालयबाट सापटी माग गर्दा पटकपटक फोन गरी शारीरिक सम्पर्क गर्न दिए मात्र दिन्छु भनेको र धम्की दिएर खाना खाने समयमा बिहान ११ बजेदेखि १ बजेको समयमा बासस्थानमै आइ शारीरिक सम्पर्क राखेपछि मात्र सापटी रकम दिएको बताएकी छिन् ।
महिलाको आर्थिक अवस्था कमजोर रहेको र महिलाले बेलाबखत अप्ठ्यारो पर्दा अस्पतालबाट पाउनुपर्ने सुविधा बापत्को पेश्की माग गर्दा उसको यौन शिकार हुनुपरेको उल्लेख गरेकी छन् । अस्पतालमा काम गर्ने क्रममा एकान्त ठाउँ पाउनासाथ सुवेदीले हातपात गर्न खोजेको उनले बताएकी छन् । ति ३१ वर्षीया महिलाले अस्पतालभित्रै यसरी कुरा खोलेपछि अरु महिलाहरु पनि पीडित बनेको थाहा भएको थियो । चार महिलाले आफूहरु पनि कुदृष्टिमा परेको बताएका थिए । अर्का ३६ वर्षीया महिलाले पनि आफूमाथि यौन हिंसा भएको भन्दै दुई महिला मिलेर मंगलबार उजुरी गरेका हुन् ।
पीडित महिलाको जाहेरीका आधारमा सुबेदीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)