पोखरा । बुधबार महानगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आजको दोर्सो अद्यावधिक विवरण अनुसार पोखराका १० र १५ वडाका २ जनासहित गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान पनि पोखराका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १० का ४० वर्षीय तथा वडा नम्बर १५ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा १५ का पुरुष प्रहरी हुन् । उनी वडा प्रहरी कार्यालय रामबजार पोखरामा कार्यरत रहेका छन् ।
त्यस्तै तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर ४ तथा वडा नम्बर ५ का ४२ तथा २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका ८५ वर्षीय पुरुष तथा तनहुँ म्याग्देका ६० वर्षीय महिला पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुष तथा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ८ का ४६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ७९ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग