गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७९ पुगेको छ ।पोखरामा बुधबार ११ जना थपिएका छन् भने गण्डकी प्रदेशभर १८ जना थपिएका छन् । गण्डकीमा निको हुनेको संख्या १८०६ छ । अझै ८५१ जना उपचार गराइरहेका छन् । कास्कीमा ५२१ जना संक्रमित भएकोमा २२७ जना निको भएका छन् । २८६ केस सक्रिय छ ।
पोखरामा बिहानै थप ९ जनामा कोरोना पुष्टि भयो ।स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार पहिलो विज्ञप्ती जारी गर्दै कास्कीको पोखरा महानगरका ९ जना सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा साउदी अरवबाट आएकी पोखरा १३ की ३८ वर्षीया महिला, भारतबाट आएका वडा नखुलेका २४ वर्षीय पुरुष र पोखरा १७ का २२ वर्षीय पुरुष, पोखरा ६ की ६ वर्षीया बालिका र ३४ वर्षीया महिला, ७ का २५ वर्षीय पुरुष, ८ का १७ वर्षीय पुरुष तथा १४ का १७र ४५ वर्षका पुरुष रहेका छन् । त्यसैगरी, बागलुङ तमानखोला १ का २६ वर्षका पुरुष तथा नवलपुर गैँडाकोट १ का ५४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, दोस्रो विज्ञप्तमा गण्डकीमा बुधबार ७ जनामा कोरोना पुष्टि भएको जनायो । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका थप २ जना सहित गण्डकी प्रदेशका ४ जिल्लाका ७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पोखरा १० का ४० वर्षीय पुरुष र वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत पोखरा १५ का ४० वर्षीय प्रहरी रहेका छन् । बाँकी २ जना पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलिबजार १ का ८५ वर्षीय पुरुष र तनहुँ म्याग्देकी ६० वर्षीया महिला रहेका छन् ।
त्यसैगरी तनहुँ देवघाटका ४० वर्षका पुरुष र लमजुङ बेसीसहर की ४६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

थप १ जनाको मृत्यु, गण्डकीमा मृत्यु हुनेको संख्या २२ पुग्यो
गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।चितवनको भरतपुर अस्पतालको आइसीयुमा नवलपुर देवचुली १ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो ।
भदौ १७ गते कोरोना संक्रमण पुष्टि भई कोभिड आइसीयुमा भर्ना भएका पुरुषको मंगलबार साँझ ५ ः३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालाय गण्डकीले बुधबार बिहान जानकारी दिएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
५३ हजार जनाको कोरोना परीक्षण
गण्डकी प्रदेशमा अहिलेसम्म शुल्क लिएर ५ सय बढी र निःशुल्क गरी ५३ हजार जनाको कोरोना परीक्षण गरिएको छ। जसमा ५० हजार बढीको रिपोर्ट नेगेटिभ आएको छ भने २ हजार ६ सय ७९ जनाको रिपोर्ट पोजेटिभ छ। संक्रमितमध्ये १ हजार ८ सय ६ जना निको भएर घर फर्किएका छन्। कोरोनाकै कारण गण्डकीमा अहिलेसम्म २२ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए। उनका अनुसार चैत ११ यता गण्डकी प्रदेशमा भारतबाट १३ हजार ४ सय ३६ जना आएका छन् भने अन्य देशबाट ६ हजार ४ सय २ गरी १९ हजार ८ सय ३८ जना भित्रिएका छन्।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो