पोखरा– गण्डकीमा आइतबार बिहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित फेला पर्नेमा स्याङ्गजा, कास्की, लमजुङ, तनहुँ र नवलपुरका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिकाका २४ वर्षीय (वडा नखुलेको) पुरुष, पुतलीबजार नगरपालिका वडा नं -२ का ३२ वर्षीय पुरुष, वडा नं ३ का ७६ वर्षीय पुरुष र पुतलीबजार कै वडा नखुलेकी २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका वडा नं १६ र ९ मा क्रमश २० वर्षीया महिला र ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ का २२ देखि ४१ वर्ष उमेर समुहका १६ जना पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, जिल्ला सदरमुकाम बेशीसहर नगरपालिका एक ५२ वर्षीया महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट, मध्यबिन्दु र हुप्सेकोटका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गैंडाकोट नगरपालिका वडा नं ४, १६, ७, १०, र ११ का १६ देखि ५२ वर्ष उमेर समुहका महिला र पुरुष गरी ६ जना र मध्यबिन्दु गाउँपालिका १ र हुप्सेकोट गाउँपालिका ४ का क्रमश २८ वर्षीय पुरुष र २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित विवरणमा पुष्टि भएका संक्रमित मध्ये पोखरा १६ का २० वर्षीया संक्रमित महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेकी छन् । भने, पोखरा ९ का ७० वर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिका ३ का ७६ वर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेको बुझिएको छ ।
लमजुङको सुन्दर बजार ९ मा पुष्टि भएका सबै १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । यसबाहेकका अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितहरुको संख्या २९३५ पुगेको छ ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’