पोखरा – कास्कीकाे मादीका पुरूषसहित गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । कास्की, तनहुँ र गोरखा ३ जिल्ला का ३ कोरोना संक्रमितको मृत्यु भएको हो । यो सहित गण्डकीमा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कास्कीको मादी- ४ मा घर भएर काठमाडौं नयाँबजार बस्ने ५१ वर्षे पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधन भएको छ । उनलाइ भदौ २४ गते कोरोना पुष्टि भएको थियो । उनलाई क्यान्सर र हाइपोथाइरािजमको समस्या थियो ।
गोरखाको भीमसेन थापा ३ का ४५ वर्षे पुरुषको पनि टिचिङ अस्पतालमा भदौ २७ गते मृत्यु भएको हो । भदौ २३ गते कोरोना पुष्टि भएका उनमा मृगौलासम्बन्धी समस्या थियो ।
यसैगरी तनहुँका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ निवासी ७६ वर्षिया महिलाको गत भाद्र २४ गते बुधबार मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।
भाद्र २० गते अस्पताल भर्ना भएकी उनमा गत भाद्र २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई मुटु सम्बन्धि समस्या रहेको थियो । तनहुँमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो