पोखरा – कास्कीकाे मादीका पुरूषसहित गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । कास्की, तनहुँ र गोरखा ३ जिल्ला का ३ कोरोना संक्रमितको मृत्यु भएको हो । यो सहित गण्डकीमा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कास्कीको मादी- ४ मा घर भएर काठमाडौं नयाँबजार बस्ने ५१ वर्षे पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधन भएको छ । उनलाइ भदौ २४ गते कोरोना पुष्टि भएको थियो । उनलाई क्यान्सर र हाइपोथाइरािजमको समस्या थियो ।
गोरखाको भीमसेन थापा ३ का ४५ वर्षे पुरुषको पनि टिचिङ अस्पतालमा भदौ २७ गते मृत्यु भएको हो । भदौ २३ गते कोरोना पुष्टि भएका उनमा मृगौलासम्बन्धी समस्या थियो ।
यसैगरी तनहुँका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ निवासी ७६ वर्षिया महिलाको गत भाद्र २४ गते बुधबार मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।
भाद्र २० गते अस्पताल भर्ना भएकी उनमा गत भाद्र २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई मुटु सम्बन्धि समस्या रहेको थियो । तनहुँमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो ।
सम्बन्धित खबर
उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ : मुख्यमन्त्री अधिकारी
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग