गण्डकी प्रदेशबाट चल्ने लामो दुरिका सवारी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै भोलिबाट सञ्चालनमा आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरिका सवारी सञ्चालन ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्न पाउने गरि अनुमति दिएपछि सवारी सञ्चालनमा आउने भएका हुन् ।
अन्य पेशा, व्यवसाय सञ्चालनमा आईसक्दा पनि आफूहरुले सञ्चालन अनुमति नपाएको भन्दै यातायात व्यवसायीले केही समयअघि देशव्यापी रुपमा विरोधमा उत्रिएका थिए ।
सरकारी निर्णयको अवज्ञा गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले असोज १ गते देखि सवारी सञ्चालनको तयारी थालेको थियो । सवारी सञ्चालन गर्ने सन्दर्भमा बनेको ‘कोभिड–१९ सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन कार्यविधि निर्देशिका २०७७’जारी निर्देशिका अनुसार नै मापदण्ड अपनाएर सवारी सञ्चालनको तयारी थालेको पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीबाट लामो दुरिमा काँकडभिट्टा र महेन्द्रनगर । त्यसैगरि, अधिराज्यका प्रमुख सहरमा गाडी छुट्दै आएका थिए । यसअघि पोखराबाट काँकडभिट्टामा ७ वटा गाडी सञ्चालनमा रहेकोमा पहिलो चरणमा २ वटा मात्रै छुटाउने भएको छ। वीरेन्द्रनगर, काठमाडौं, नारायणगढ, सुनौली लगायतका ठाउँमा संख्याको हिसाबले कमै मात्र गाडी निकाल्ने भएको छ। पहिलो चरणमा कम्पनीका १ सय गाडी सडकमा निस्किने भएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु