कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि विभिन्न देशले औषधि कम्पनीसँगको सहकार्यमा काम पनि गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन्।
जसमध्ये २६ वटा भ्याक्सिन मानव शरीरमाथिको परीक्षणमा छन् । न्युयोर्क टाइम्सले भने ३८ वटा भ्याक्सिन मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा रहेको दाबी गरेको छ।
क्यान्सिनो, चीन
चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडिनो भाइरस ९एडी–५० मा आधारित भ्याक्सिन निर्माण गरिरहेको छ । चीनको मिलिटरी मेडिकल साइन्स एकेडेमीसँगको सहकार्यमा क्यान्सिनोले निर्माण गरिरहेको यो भाइरस तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणको परीक्षण पूरा नहुँदै चीनको सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ।
माडोना, अमेरिका तेस्रो चरणको परीक्षणमा
अमेरिकाको म्यासाचुट्सस्थित माडोना कम्पनीले गत जनवरीबाटै कोरोनाविरुद्धको भ्याक्सिन निर्माण थालेको हो । माडोनाको प्रयासलाई त्यहाँको राज्य सरकारले आर्थिक सहयोग गरेको छ। सरकारबाट भ्याक्सिन निर्माणका लागि माडोनाले सुरुवातमै एक अर्ब डलर सहयोग प्राप्त गरिसकेको छ। राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा माडोनाले भ्याक्सिन निर्माण गरिरहेको हो । सुरुवाती परीक्षणमा माडोनाले निर्माण गरिरहेको भ्याक्सिनले बाँदरलाई कोरोना भाइरसबाट बचाएको थियो।
गमलेया रिसर्च इन्स्टिच्युट, रुस
तेस्रो चरणको परीक्षणसँगै प्रयोगका लागि रुसी सरकारबाट अनुमति प्राप्त रुसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको गमलेया रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको यो भ्याक्सिन अन्तिम चरणमा पुगेको छ । दुई एडिनोभाइरस ९एडी–५ र एडी–२६० मिलाएर बनाइएको ‘स्पुतनिक फाइभ’ नाम दिइएको भ्याक्सिनलाई रुस सरकारले प्रयोगका लागि अनुमतिसमेत दिइसकेको छ। गत ११ अगस्टमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन प्रयोगका लागि अनुमति दिइएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण अझै जारी छ ।
बिसिजी लाइभ एटिनउटेड भ्याक्सिन
अस्ट्रेलियाको मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटले यसअघि नै बनेको पुरानो भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने उद्देश्यका लागि परीक्षण गरिरहेको छ। बेसिलस कल्मेटी गुइरिन नामक भ्याक्सिन सन् १९०० को सुरुवाततिर निर्माण भएको हो।
कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन
चीनको निजी कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । उसले निर्माण गरिरहेको भ्याक्सिनलाई कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन नाम दिइएको छ। यो भ्याक्सिन केही ठाउँमा तेस्रो चरणको परीक्षणसमेत सकिएको छ र चीन सरकारले सीमित क्षेत्रमा प्रयोगका लागि अनुमति दिएको छ।
न्यु क्राउन कोभिड–१९ भ्याक्सिन
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरेको यो भ्याक्सिन परीक्षणको जिम्मा चीनको सरकारी कम्पनी सिनोफार्मले लिएको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणले राम्रो संकेत देखाएको छ । भ्याक्सिनले शरीरमा ‘एन्टिबडी’ निर्माण गरेको पाइएको छ।
सिनोफार्म, चीन
चीनको सरकारी निकाय सिनोफार्मले अर्को भ्याक्सिनको पनि परीक्षण गरिरहेको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निष्क्रिय पारिएको भाइरसलाई प्रयोग गरी निर्माण गरिएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ।
– नयाँ पत्रिका दैनिकबाट
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान