भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।
‘चिट रहित परीक्षा सञ्चालन गरौं भनेर हामीले जब भन्यौं १० लाख विद्यार्थीले परीक्षा दिएनन् ।परीक्षादेखि विद्यार्थी नडराउन् भनेर योगीले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका हुन् । परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा भएको कटौतीको कारण परीक्षादेखि विद्यार्थीको डर र सरकारले चिट चोर्ने प्रणालीलाई अन्त्य गर्ने उद्देश्यसहित ल्याएको कडा सुपरिवेक्षण प्रणाली रहेको उनले बताए ।
उत्तर प्रदेश सरकारले यस वर्ष चिट रहित परीक्षा सञ्चालन गर्ने उद्देश्यसहित कडा कदम चालेपछि परीक्षामा विद्यार्थीको सहभागिता सुरुको दिनदेखि नै घट्दै गएको छ ।

योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारले परीक्षालाई मर्यादित बनाउने उद्देश्यसहित परीक्षा केन्द्रमा सिसिटिभी क्यामेरा राख्नेसहित विभिन्न कदम चालेपछि परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा पछिल्ला चार दिनदेखि व्यापाक मात्रामा कटौती भएको छ । उत्तर प्रदेशमा गत मंगलबारबाट कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको थियो ।

सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन