मङ्लबार पोखराका थप ८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीमा ८ र तनहुँमा २ गरी थप १० जनालाई संक्रमण पुष्टि भएको छ ।
कास्की ८ संक्रमितहरु पोखरा महानगरपालिकाका रहेका छन् । महानगरका संक्रमितहरु वडा नम्बर ९ का २४ वर्षीय पुरुष, पोखरा वडा नम्बर १३ का १९ वर्षीय पुरुष , पोखरा वडा नम्बर १२ का ५८ र वर्षीय महिला तथा २७ वर्षीय पुरुष, पोखरा वडा नम्बर ७ का ३७ वर्षिय पुरुष, पोखरा वडा नम्बर ८ का ३२ वर्षिय पुरुष, पोखरा वडा नम्बर ४ का ७१ वर्षीय महिला र पोखरा वडा नम्बर ५ का ३८ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै तनहुँको सुक्लागण्डकी वडा नम्बर ७ का ३९ वर्षिय पुरुष र वडा नम्बर ६ कि ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगर वडा नम्बर १३ र ८ का पुरुषहरु , र तनहुँ जिल्लाका ३९ वर्षिय पुरुष भारत बाट आएको निर्देशनालयले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का २४ बर्षीय पुरुष बारा जिल्लाबाट र वार्ड नं ४ का ७१ बर्षीय महिला काठमाडौँबाट आएका थिए ।
पोखरा महानगर वडा नम्बर ७ का ३७ बर्षीय पुरुष बन कार्यालयमा कार्यरत कर्मचारी हुन् । तनहुँ जिल्ला, सुक्लागण्डकी वडा नम्बर ६ कि ३० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत गर्भवती रहेकि छिन् । अहिले उनीहरुलाई आइसोलेशन सेन्टर लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३५0३ पुगेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो