गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय २३ पुगेको छ । आज मात्रै गण्डकीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखराका १९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो चौथो विज्ञप्ती जारी गर्दै पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४ वर्षीय पुरुष , पोखरा १४ का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीया महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यसैगरी नवलपुर बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि, पोखराका ८ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ४ की ७१ वर्षीया महिला पोखरा ५ का ३८ वर्षीय पुरुष , पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ ।




सम्बन्धित खबर
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो